काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टिमले
नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।
मेहबुव आलम
डिएसपी सुन्दर तिवारी सहितका अधिकृतहरु सदस्य रहेको समितिले स्पष्ट फिक्सिङ भएको तथ्यसहित थप अनुसन्धान गर्न सिफारिस गरेको छ । छानविनको क्रममा ब्यूरोले खेलाडी र अफिसियलहरुसँग सोधपुछ गरेको थियो । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘१ लाख देखि ५ लाखसम्म लिएर स्पट फिक्सिङ गरेको देखिन्छ, सो रकम खेलाडीहरुको खातामा जम्मा भएको देखिन्छ ।’ समितिको प्रतिवेदनको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ ।
राष्ट्रिय क्रिकेट टोलीका अर्का सदस्य आदिल अन्सारीलाई ब्यूरोले सप्तरीको राजविराजबाट पक्राउ गरेको छ ।
निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...
Discussion about this post