काठमाडौं : जल तथा मौसम विज्ञान पूर्व अनुमान महाशाखाका अनुसार आज बिहान र दिउँसो मौसम सामान्यतया सफा रहे पनि साँझबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा शुरु हुने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हिमपात हुनेछ । पश्चिमी न्युनचापिय प्रणाली विस्तारै पूर्वतर्फ सर्ने भए पनि बागमती, मधेश र प्रदेश १ मा पानी पर्ने सम्भवना कम रहेको विभागले जनाएको छ।
यसरी मौसम बदलीको कारण हिमाली क्षेत्रमा हिमतपात हुन सक्ने महाशाखाको अनुमान छ । तर, भारी वर्षा हिमपात भने नहुने अनुमान गरिएको छ । यसरी वर्षा र हिमपात भएमा कृषकलाई फाइदा हुने बताएको छ ।
Discussion about this post