काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्षको अन्तरालपछि आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ। गत वर्ष माघ २६ गतेदेखि ४५ भन्सार कोडका करिब २७ सय वस्तुको आयात गर्दा ५० देखि ७० प्रतिशत बराबरको रकम व्यवसायी आफैंले हाल्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो।
अब व्यवसायीले बैंकबाट कर्जा लिएर आयात गर्न सक्ने भएका , व्यवसायीले प्रतीतपत्रबाहेक टिटी, ड्राफ्टको माध्यमबाट पनि आयात गर्न पाउने भएका छन्।
स्वतन्त्र व्यापार नीतिमा यसले असर गर्ने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले धेरै अघिदेखि यसको विरोध गर्दै आएको थियो।
अहिलेसम्म नगद मार्जिनको व्यवस्था कायममै रहेको भन्दै आइएमइफले सरकारलाई दिने भनेको ऋण सहयोगको दोस्रो किस्ता दिएको छैन। यस्तो सहयोग नदिएपछि राष्ट्र बैंक यसमा लचिलो भएको हो।
Discussion about this post