पोखरामा भएको जहाज दुर्घटनामा ७१ जनाको शव फेला परेको छ।
आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोंचमा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।
दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार सातवटा शव र आज एकजनाको गरी ७१ वटा शव फेला पारिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जनाउनुभयो । अब एकजनाको मात्र अवस्था अज्ञात रहेको छ ।
एक जना बेपत्ताको खोजी भने भोलिमात्रै गरिने भएको छ। नेपाली सेनाले अहिलेसम्म काठमाडौंमा ४८ जनाको शव ल्याएको छ। २२ वटा शव पोखरामै आफन्तले बुझेर लिएका छन्।
Discussion about this post