पोर्चुगलका, अर्जेन्टिना, नेदरल्यान्ड्स, क्रोएसिया, ब्राजिल, मोरक्को, स्विट्जरल्यान्ड, र इंग्ल्यान्ड जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन।
शुक्रबार राति भएको खेलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो। पेनाल्टी सुटआउटमा ब्राजिलका रोद्रिगोको प्रहार क्रोएसियाका गोलकिपर लिभाकोभिकले विफल पारेका थिए भने मार्किन्होसको प्रहार पोलमा लागेको थियो। ब्राजिलका लागि कासिमेरो र पेड्रोले मात्र गोल गरेका थिए। गोलसँगै नेइमारले ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने पेलेको कीर्तिमानसँग बराबरी गरेका छन्। दुवैको अन्तर्राष्ट्रिय गोल संख्या ७७ पुगेको छ। क्रोएसियाले ११७ मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि ब्रुनो पेट्रोभिकले डि-बक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेका थिए।
त्यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपिएको थियो। थप समयअघि ब्राजिलले क्रोएसियामाथि लगतार दबाब दिए पनि फिनिसिङमा चुकेको थियो। ब्राजिलका प्रयासमा क्रोएसियाका गोलकिपर बाधक बनेका थिए।
गोल हुन नसकेपछि दबाबमा परेको ब्राजिलले दोस्रो हाफमा राफिन्हा, भिनिसियस जुनियर र रिचार्लिसनको स्थानमा एन्टोनी, रिद्रिगो र पेड्रोलाई मैदान प्रवेश गराएको थियो।
अब क्रोएसियाले अहिले केही बेरमा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको दोस्रो क्वार्टरफाइनलको विजेतासँग सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
क्रोएसियाका भने सबै खेलाडी पेनाल्टीमा सफल भए।
त्यसअघि निर्धारित र ३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
ब्राजिलका लागि नेइमारले खेलको १०५औं मिनेटमा गोल गरेका थिए। सिक्स यार्ड बक्समा क्रोएसियाका गोलकिपरलाई छक्काएर उत्कृष्ट फिनिसिङ गर्नुअघि नेइमारले डि-बक्स नजिकबाट उत्कृष्ट पास खेलेका थिए।
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा ४-३ को जित निकाल्दै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अन्तिम चारमा क्रोएसियासँगको भेट पक्का गरेको हो।
निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा धकेलिएको थियो।
अर्जेन्टिनाका लियोनल मेसी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे। अर्जेन्टिनाका एन्जो फर्नान्डेजको प्रहार बाहिरिएको थियो।
पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गर्दा भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा चुके।
एक समय २-० को आरामदायी अग्रतामा रहेको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सले अन्तिम ७ मिनेटपछि नाटकीय पुनरागमन गरेको थियो। इन्ज्युरी समयको दशौं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुगेको थियो। अतिरिक्त समयमा पनि गोल नहुँदा खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।
पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिँदै खेलमा पकड जमाएको थियो। दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो।
मोलिनाले ३५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले कप्तान लिओनेल मेसीको पासलाई सदुपयोग गरे।
७३ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो। पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए। मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई २-० ले अघि बढाए।
८३ औं मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो। स्टिभन बर्घाउसको क्रसमा वुट वेघर्स्टले गोल गर्दै खेलमा अर्जेन्टिनाको अग्रता १ गोलमा घटाए।
त्यसपछि इन्ज्युरी समयमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो। फ्रिकिकमा बर्घिअसले दिएको चलाखीपूर्ण पासलाई वेघर्स्टले गोलमा परिणत गरेपछि खेल बराबर भएको थियो।
अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ। क्रोएसिया ब्राजिललाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै अन्तिम चारमा पुगेको हो।
Discussion about this post