दुई पटकको फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२२ मा खराब सुरूवात गरेको छ। मंगलबार भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिनालाई एसियन टिम साउदी अरेबियाले २-१ गोलले हरायो।
फिफा विश्वकप २०२२ मा डेनमार्क र ट्युनिसियाले अंक बाडेका छन्।
अमेरिका र वेल्सले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
मंगलबार राति सकिएको खेलमा मेक्सिको र पोल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
फिफा विश्वकप २०२२ मा डिफेन्डिङ च्याम्पियन फ्रान्सले सानदार सुरूवात गर्न सफल भएको छ। खेलमा अग्रता भने अस्ट्रेलियाले लिएको थियो। अस्ट्रेलियाका लागि गुडविनले नवौं मिनेटमा गोल गरेका थिए। तर २७ मिनेटमा फ्रान्सका एड्रियन रबिअटले बराबरी गोल फर्काए। ३२ मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। पहिलो हाफमा २-१ गोलले अघि रहेको फ्रान्सका लागि एमबाप्पेले ६८औं मिनेटमा तेस्रो गोल गरेका थिए। ७१ मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्न सफल भए।
बुधबार भएको समूह ‘एफ’ को खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेलेर अंक बाँडेका हुन्।
फिफा विश्वकप २०२२ मा जापानले जर्मनीमाथि रोमाञ्चक जित हात पारेको छ। बुधबार साँझ भएको खेलमा जापानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै २-१ गोलको जित निकालेको हो। जर्मनीले खेलको ३३ मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। गुन्डोआनले जर्मनीका लागि गोल गरेका थिए। जापानले ७५ मिनेटमा बराबरी गोल फर्कायो। जापानका लागि रिस्तु डोआनले बराबरी गोल गरेका थिए। ८३ मिनेटमा ताकुमा असानोले अर्को गोल गरेपछि पूर्व विश्वविजेता जर्मनी दबाबमा परेको थियो।
फिफा विश्वकप २०२२ मा स्पेनले सानदार जित दर्ता गराएको छ। समूह ‘ई’ को खेलमा बुधबार राति भएको खेलमा स्पेनले कोस्टारिकालाई ७-० गोलले पराजित गर्यो। स्पेनको जितमा फेरान टोरेशले दुई गोल गरे। खेलको ११ मिनेटमा ड्यानी ओल्मोको गोलबाट स्पेनले अग्रता लियो। मार्को अलन्सोले २१ मिनेटमा अग्रता दोब्बर पारे। टोरेशले ३१ मिनेटमा पेनाल्टी र ५४ मिनेटमा गरी दुई गोल गरे। ७७ मिनेटमा गाभीले अर्को गोल थप्दा कार्लोस सोलरले ९० मिनेटमा छैटौं गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी समयमा मोराटोले स्पेनका लागि सातौं गोल गरे।
Discussion about this post