आइतबार राति भएको उद्घाटन खेलमा कतारलाई इक्वेइडरले २-० गोलले हराएको हो।
इक्वेइडरका लगि दुवै गोल इनर भ्यालेन्सियाले पेनाल्टीमार्फत १६ मिनेटमा र ३१ मिनेटमा गरे।
समूह ‘ए’ को यो खेलमा जित हात पारेसँगै इक्वेइडरले तीन अंक जोड्न सफल भएको छ।
पराजय भोगेसँगै कतारको नाममा खराब रेकर्ड बनेको छ। कतार पहिलो खेल गुमाउने आयोजक बनेको छ।
विश्वकपमा भोलि सोमबार साँझ ६:४५ मा इंग्ल्यान्ड र इरान समूह बीको खेलमा तथा राति ९:४५ मा सेनेगल र नेदरल्यान्ड्स समूह एको खेलमा प्रतिस्पर्धा गर्नेछन्।
Discussion about this post