आजदेखि फिफा विश्वकप २०२२ सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक कतार र दक्षिण अमेरिकी राष्ट्र इक्वेइडर प्रतिस्पर्द गर्ने। खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
३२ टिम सहभागी भएको यस प्रतियोगिता कतारमा २० नोभेम्बर देखि १८ डिसेम्बर २०२२ सम्म हुने प्रतियोगिता २२औं संस्करणको प्रतियोगिता हो।
सन् २००२ को दक्षिण कोरिया र जापानमा भएको प्रतियोगिता पछि पूर्ण रूपमा एसियामा आयोजना हुने दोस्रो विश्वकप, अरब क्षेत्रमा आयोजना हुने पहिलो विश्वकप हुनेछ।
प्रतियोगिताका खेल पाँच शहरका आठ स्थानमा खेलाइनेछन्।
२९ दिनको कम समयसीमामा खेलाइनेछ उद्घाटन खेल कतार र इक्वेडर बीच अल बेत स्टेडियम, अल खोरमा हुनेछ। फाइनल १८ डिसेम्बर २०२२ मा कतारको राष्ट्रिय दिवसमा हुनेछ। कतारको गर्मी र आर्द्रताको कारण यो विश्वकप नोभेम्बर र डिसेम्बरमा आयोजना हुन लागेको हो।
Discussion about this post