कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनु भएका सन्दीपलाई नाबालिकामाथि बलात्कारको आरोपमा प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो।
उनलाई हतकडी लगाएर प्रहरीले लगेको हो। सन्दीपको हतकडी लगाएको हात भने रूमालले छोपिएको थियो। त्यस्तै उनी मास्क र क्याप लगाएर आएका थिए।
सन्दीपले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन विमानस्थल अवतरण गर्ने बताएका थिए। उनले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने पनि लेखेका थिए।
प्रहरी स्रोतका अनुसार उनी जहाजको बिजनेस क्लास टिकटमा आएका थिए। त्यस्तै यतिन्जेल उनी अमेरिकामा भएको पनि स्रोतले बताएको छ।
१६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्। सन्दीपले मिति २०७९/०५/०५ गते काठमाण्डौ र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाडौँ ल्याई रातको अं. २३ः५५ बजे का.जि.का.म.न.पा.-९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९/०५/०६ गते रातको अं.००ः२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।
Discussion about this post