“प्रवाशमा प्रभुलाई पाएको जिवन र नेपालमा पर्केपछिको विश्वास”
मति २८:१९ “यसकारण जाओ र सबै देशका जातिहरुलाई चेला वनाओ, पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरुलाई वब्तिस्मा देओ”।आज नेपालीहरु कामको सिलसिलामा विश्वका हरेक राष्ट्रमा पुगिरहेका छन् जहाँ आफ्नो श्रमलाई त्यस राष्ट्रको विकाससँग जोडिरहेका छन। विशेष गरी दुवई, मलेशिया, कतार, कुवेत र अन्य अरवियन देशहरुमा नेपालीहरु प्रशस्तरुपमा काम गरिरहेका छन् ती देशहरुमा नेपालका करिब-करिब सम्पूर्ण जिल्लाका व्यक्तिहरुको प्रतिनिधित्व रहेको पाइन्छ।
विदेश जानुभन्दा पहिला जुन किसिमको उत्साह, योजना, अनि कार्य गर्न जांगर हुन्छ, त्यो विदेश गईसेकपछि ठीक विपरित भई सकेको हुन्छ। कतिको आफ्नो भने अनुसारको काम नहुनु, कतिलई घर परिवारबाट अलग रहदाको पिडा त कतिलाई कामको ओभरलोड हुन्छ भने कतिलाई स्वास्थ्य प्रतिकुल भइरहेको हुन्छ। यस अवस्थामा उनीहरुलाई सहायता गर्न, उनीहरुका पिरमर्काहरुलाई बुझिदिन अनि सान्त्वना र उत्साह दिने काम विश्वासीहरुले गरिदिनु हुन्छ। यदि उनीहरु कुनै मण्डली, ख्रीष्टमा विश्वास गर्ने व्यक्तिको सम्पर्कमा आएपछि। मति २८:१९ अनुसार हरेक जस्ले येशु ख्रष्टिलाई आफ्नो उद्यारकर्ता र मुक्तिदाता भनि स्वीकार गरेको छ भने उसको कर्तव्य अनि जिम्मेवारी यही हुन्छ की प्रभु येशु ख्रीष्ट मानिसहरुको पापको खातिर र आफूलाई कुसमा वलि हुनु भएको र उहाँले मृत्यूमाथि विजय प्रापत गर्नु भएको र उहाँ माथि विश्वास गर्ने कोही पनि नास नहुने तर उसले अनन्तको जिवन पाउने सु-समाचार सुनाई सबै जातिहरुलाई चेला बनाउन दिईएको आज्ञालाई मनन गर्दै, प्रवासमा रहेका मण्डली, विश्वासीहरुले ती जो विभिन्न समस्याबाट गुज्रिरहेका व्यक्तिहरुलाई भण्डलीमा डोर्र्याउने र सु-समाचार प्रचार गरी प्रभुमा धेरै आत्माहरु जित्ने कामहरु धेरै भईरहेको छ। आफ्नो काम अनि मण्डलीको सेवाकाई दुइटै एकसाथ गर्न धेरै चुनौतिपूर्ण कार्य प्रवासमा रहेका विश्वासीहरुले गर्दै आएका छन्। यो पंक्तिकार पनि प्रवाशमा करिब ६ वर्ष कामका साथ साथै सेवाकाइमा समर्पित हुँदै आएको हुनाले प्रवाशमा जति व्यक्तिहहरुले प्रभुलाई ग्रहण गरे त्यहाँ रहुन्जेल उनिहरु मण्डलीमा सक्रियरुपले समर्पित हुन्छन, उनीहरुको आत्मीकी जीवन पनि दिन प्रति दिन असल हुदै गइरहेको हुन्छ, प्रभुको बचनलाई गहन जिम्मेवारीका साथ पालन गरिरहेका हुन्छन। मण्डलीमा उनिहरु संगतीको लागि समय, पैसा अनि दुःखको प्रवाह नै नगरी आफ्नो उपस्थिति र परमेश्वरसँगको सामिप्यतालाई तिब्रता दिइरहेका हुन्छन्।
जब प्रवासबाट नेपाल फकिन्छन् उनीहरु आ-आफ्नो ठाउँ जान्छन्। प्रवाशमा गरेको संगतीको उत्साह, परमेश्वरको राज्यको निम्ति सु-समाचारको कार्यमा समर्पित जिवन जिउने अठोट र आफ्नो प्रवाशमा गरिरहेको मण्डलीसँग प्रार्थनाको लागि सहायता मागिरहेको हुन्छन्। तर त्यो जोस, जाँगर केही दिन, केही महिना क्रमशः कम कम हुँदै गइरहेको हुन्छ। कारण नेपालका अर्थात स्थानिय जुन मण्डीमा उनिहरु संगती गर्छन त्यहाँ प्रवाशको जस्तो वास्ता, संगती प्रतिको तृष्णा अनि नजिक सहकार्य र मण्डलीबाट कुनै किसिमको जिम्मेवारी नपाउँदा त्यो प्रवाशबाट ल्याएको जोस र अठोट ह्रास हुँदै आइरहेको हुन्छ। मलाई सम्झना छ, यु.ए.इ. मा रहँदा मण्डलीमा धेरै सक्रिय र हरेक सेवाकाईको कार्यमा आत्मीक भएका विश्वासीहरु नेपाल फर्किए पछि उनिहरु परमेश्वरको सेवाकाईको कार्यमा कम सहभागिता भएका र संगतीप्रति कम तृष्णा भएको र जयमसिह भन्न पनि हिचहिचाउने अवस्थामा पुगेका छन। यो हुनुमा के कुराको combination मिलेको छैन? के उनीहरुले प्रवाशको जस्तो सेवा संगती नपाएका हुनकी? के स्थानिय मण्डलीले उनीहरु प्रति गरिराखेको व्यवहारमा फरक परेर हो? के प्रवाशमा रहेका मण्डली र नेपालका स्थानिय मण्डली बीचको सहकार्य नभएर हो? यी प्रश्नहरु आइरहेका छन र यी विषयहरुको निम्ति विशेष प्रार्थनाको खाँचो छ। प्रवाशमा रहेका मण्डलीहरुले आत्मीकी जागृतिको लागि वाषिर्क सम्मेलनहरको आयोजना गरिहेका हुन्छन्। नेपालबाट वक्ताहरुलाई वोलाई प्रभुको वचन सुन्ने र लिने कार्य गरिरहेका छन तर यी विभितताका बारेमा एक पटक सोच्ने की? वार्षिक सम्मेलनमा यस्ता विषयहरुका बारेमा प्रार्थना सहति परमेश्वरको अगुवाइमा नेपालबाट जाने वक्तासँग आफ्ना प्रवाशमा विश्वास गरेका विश्वासीहरु नेपाल फर्किदा उनिहरुको संगतीमा किन सक्रियता हुन सकेन भनेर छलफल र समश्या पत्ता लगाउने की? मत्ति ५:९ धन्य मेल मिलाप गराउनेहरु किन भने तिनिहरु परमेश्वरका छोराहरु कहलाईने छन्।
– जनकराज शर्मा
नेपाली प्रवाशी एकता सञ्जाल
Republished in new layout 6/13/2013
Previous Comment
hi
written by bkash , April 19, 2012
ma pani ahile prdesma chhu pls pray
for me . doha i am also looking church.
Discussion about this post