प्रतिनिधिसभाका दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएकी छन्।
राष्ट्रपतिले संसद सचिवालयलाई पत्र लेख्दै फिर्ता गर्नुपर्ने कारण औंल्याउँदै पुनर्विचार गर्न आग्रह गरेकी हुन।
राष्ट्रपतिले फिर्ता पठाएको विधेयक सोमबार बिहान ११ बजे मात्रै संसद सचिवालय आइपुगेको थियो।
राष्ट्रपतिले फिर्ता पठाइदिएको विधेयक कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाणसँग कुराकानी गरेका छन्। सभामुख सापकोटाले राष्ट्रपतिले फिर्ता पठाएको विधेयक संशोधन गरेर अघि बढाउने वा जस्ताको तस्तै पारित गर्ने भन्ने विषयमा खाणसँग कुराकानी गरेका हुन्।
राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाइदिएकी छिन्। यसलाई सच्याउने वा जस्ताको तस्तै पारित गर्ने भन्ने विषयमा सभामुख सापकोटाले सरकारको राय लिइरहेका छन्। त्यसो त सरकारले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको विधेयक माथि प्रतिनिधि सभामै संशोधन गरेर स्वीकार गर्न सक्छ।
प्रतिनिधि सभाको मंगलबार ११ बजेको बैठकमा प्रतिनिधि सभाका सचिवले राष्ट्रपतिबाट पुनर्विचारका लागि प्राप्त नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको जानकारी गराउनेछन्।
Discussion about this post