राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष सारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
उक्त समारोहमा उपपारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अगंका प्रमुखको उपस्थिति थियो।
बजेट वक्तव्य तयार गर्ने क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करका दरहरु हेरफेर भएको प्रकरण सार्वजनिक हुनु अघि पनि अर्थमन्त्री शर्मा माथि प्रशस्तै प्रश्नहरु थिए ।संसदीय छानबिन समितिले ‘दोषी नदेखिएको’ प्रतिवेदन दिएको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री पदमा पुनः जनार्दन शर्मालाई नियुक्ति दिएका छन्।
उनले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने र आत्मनिर्भरताको दिशामा लैजाने प्रतिवद्धता व्यक्त गरे।आफूलाई बजेट कार्यान्वयनको मौका दिएकोमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूलाई धन्यवाद दिए।
Discussion about this post