साफ यू-२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बुधबार भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले श्रीलंकालाई ३-० गोलले पराजित गर्यो।
पहिलो हाफ बाराबारी खेले को नेपालले ५८ मिनेटमा अग्रता लियो। कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई अग्रता दिलाए।
कृतिशरत्न छुन्जुले ६५ मिनेटमा दोस्रो गोल गरेर अग्रता दोब्बर पारेको थियो।
यस्तै मनग्य नकर्मीले ८४ मिनेटमा नेपालका लागि तेस्रो गोल गरेका थिए। जितसँगै नेपाल ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ।
नेपालले अब तेस्रो खेल भारतसँग जुलाई ३१ र अन्तिम खेल बङ्गलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ ।
Discussion about this post