साफ यू-२० च्याम्पियनसिपमा नेपालले सानदार सुरूवात गरेको छ। सोमबार भारतको भुवनेश्वरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले पराजित गरेको हो।
नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । ४२ औं मिनेटमा दिपेश गुरुङले गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता बनाएको हो ।त्यसअघि १० औं मिनेटमा सुमित श्रेष्ठ र १६ औं मिनेटमा कृतिशले गोलको राम्रो अवसर खेर फालेका थिए । कप्तान आयुष घलानले दायाँ कर्नर नजिकैबाट प्रहार गरेको फ्रि किकलाई माल्दिभ्सका गोलरक्षक साहिहान अलीले पञ्च गरेको बललाई दिपेशले बक्स बाहिरबाट सानदार गोल गरे ।
दोस्रो हाफमा नेपालले ३ गोल थप्यो । दोस्रो हाफको ५८ औं मिनेटमा सुगम र त्यसको चार मिनेट पछि कृतिशले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
अब नेपालले दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ। नेपालले ३१ जुलाईमा भारतसँग तेस्रो खेल खेल्नेछ भने समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग हुनेछ।
Discussion about this post