ललितपुर महानगरपालिकाले विद्युतीय स्कुटरबाट साना स्थानमा उद्धार कार्य, सडक सरसफाई, पार्किङ व्यवस्थापन आदि कार्यमा सहयोग पुर्याउने क्विक रेस्पोन्स गस्ती टोली सञ्चालनमा ल्याएको छ । मेयर चिरिबाबुले ललितपुर महानगरपालिकाले अबदेखि विद्युतीय सवारी मात्रै खरिद गर्ने र आफूले पनि विद्युतीय सवारी साधन प्रयोग गर्ने घोषणा गरेका छन् ।
उनले पेट्रोल, डिजेल र मट्टितेलले चल्ने सवारीसाधन नहुने दावी गरे। उनले क्विक रेस्पोन्स टिमलाई यी बाइक महानगरभित्र तत्काल केही समस्या पर्दा सो क्षेत्रमा तत्काल पुग्ने गरेर खरिद गरिएको बताए।
उनले सानो कुराले पनि ठूलो परिवर्तन गर्ने र महत्व राख्ने भएकोले सानो काम भएपनि महत्वपूर्ण काम गरेको उल्लेख गरे। पाटन शहर २४ सै घण्टा सुत्दैन भन्ने अवधारणा अघि बढाएर लैजाँदा सुरक्षाको महत्व पनि त्यत्तिकै हुने भएकोले सीसीटीभी जडानको काम भइरहेको बताए।
Discussion about this post