• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, May 23, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

तीन लोक र चौध भूवन – वक्ताः पा. सी.पी.

by NepalChurch.com
June 13, 2013
in Bible Study & Teaching

Written by Mr. P. A. Thomas

 

हालसालै नेपालभरी विभिन्न संधसस्था तथा मण्डली समूहहरूद्वारा वितरित तथा प्रयोगमा ल्याईएको माथि उल्लेखित सीडीमा प्रतिपादित विषय कतिको सत्य छ? काठमाडौंका केही ठूला मण्डलीहरूमा प्रवेश पाएकोले यी मनगढन्ते आधारहीन गन्थनलाई बाईबलीय सत्यताको रूपमा मान्यता प्राप्त हुन्छ र? बाईबल कलेजहरूबाट उच्च डिग्रीहरू प्राप्त गरी ख्रीष्टिय विश्वास र शिक्षाका मान्यता तोक्ने नेपालका विद्वानहरू किन मौन रहेको छ? के बिचरा विश्वासीहरूलाई जे पनि विश्वास गर्न दिने?

सो सीडीका मान्य वक्ताकै भनाईमा यर्मिया ३३:३ अनुसार विगत २००० वर्ष कसैलाई प्रकट नभएको रहस्य र ज्ञान उहाँले प्राप्त गर्नुभएको छ।के यर्मियालाई परमेश्वरले हिन्दू पुराण र देवदेवीहरूको रहस्य खोलिदिनुभएको हो र? यो पद जता पनि जसरी पनि प्रयोग गर्न पाईन्छ र? यर्मियालाई कहिले कुन विषयमा परमेश्वरले बोल्नुभयो भने कुराको केही महत्त्व छैन र? मान्य वक्ताको भनाई अनुसार सुतिराखेको अक्षरबृहमबाट कबीरद्वारानै परमधामबाट आउने व्यक्तिको जानकारी मानिसले पाएको हो भने व्यवस्थाको पुस्तकको मोशा, यर्मिया जस्ता मानिसहरूसँग परमेश्वर बोल्नु भएको कुराको केही औचित्य नै किन रह्यो? फेरि कसरी उहाँले ती पदहरू प्रयोग गरेर आफ्नो नयाँ प्रकाशको व्याख्या गर्न सक्नुहुन्छ? यदि यो संसार १२ ब्रह्माको दयामायाको अधीनमा रहने सपनामय संसार हो भने परमेश्वरले आफ्नो योजनामा बनाउनुभएको उत्पत्ती १ अध्यायको संसार र उहाँ मुनि अधिकार गर्न सृष्टि भएको आदम र हब्बालाई हामी कहाँ राख्ने? के यी सबै कहानीहरू मात्र हुन्?

अब उहाँले प्रयोग गर्ने व्यवस्थाका पुस्तकका पदहरू हेरौं।व्यवस्था १०:१३-१७।ती पदहरूलाई उहाँले आफ्नो नयाँ प्रकाशको दुईटा तथ्यहरूको आधारको रूपमा प्रयोग गर्नुहुन्छ।ती हुन् : परमेश्वर धेरै ईश्वरहरूमाथिका परमेश्वर हुनुहुन्छ र उहाँ आकाश र आकाशमण्डलहरूमाथि हुनुहुन्छ।उहाँको भनाईमा हिन्दू पुराणका सबै देवताहरू नै यी ईश्वरहरू हुन् र उहाँले कोरेर देखाउने काल्पनिक र हिन्दू धार्मिक मण्डलहरूनै( सात सुन्य र अष्टावरण) यी आकाश मण्डलहरू हुन्।कति सजिलो? त्यस्तो भए, तलका ईश्वरहरू तथा लोकहरू हराएको अवस्थामा परमेश्वरको अस्तित्व नै नरहने भयो।हाम्रो परमेश्वर पृथ्वी, नरक र देव लोकहरूमाथि राज्य गर्नुहुँदैछ, उहाँको अस्तित्व तिनीहरूको अस्तित्वमा अडिएको छ।उहाँ सत्य हुनलाई तिनीहरू पनि सत्य हुनुनै पर्‍यो।कस्तो बाध्यता, कस्तो विडम्बना?

उत्पत्ती १:१ आकाशहरू कहाँ गए? परमेश्वरले सृष्टि गर्नुभएको विश्वको महान् अस्तित्व तथा असीमित व्याप्ति प्रकट गर्न बाईबलमा धेरै ठाउँमा माथिका शब्दहरू प्रयोग गरेका छन्, के ती पदहरू वक्ताले अहिलेसम्म भेटाउनुभएको छैन? साथै यहाँ ईश्वरहरू भन्ने शब्द मानिसको भाषामा र धारणामा परमेश्वरको अतुलनीयता तथा एकमात्र अस्तित्व प्रकट गर्न प्रयोग गरेका छन्।परमेश्वर भन्नुहुन्छ, “मबाहेक अरू कुनै देवता वा ईश्वर छैन” (प्रेरित १९:२६, यूहन्ना ५:४४, १तिमोथी १:१७, यहूदा २५)। यो बाईबलको एक मूल आधारभूत सत्य हो र मानिसहरूले भ्रमको रूपमा आफ्नो युक्ति तथा शैतानिक सहयोगद्वारा सृजना गरेका सबै कुरालाई परमेश्वरले मानवीय भृष्टताका रूपमा बाईबलमा प्रकट गर्नुभएको छ (रोमी १:१८-२३)।के यो सबै कुरा बिर्सेर जीवित र सत्य परमेश्वरलाई सबै देवताहरूमाथि र देवलोकहरूमाथि बस्न लगाउने प्रयास प्रकाश हो वा धृष्टता? पुराणहरूमा प्रतिपादित सबै कुराहरू मान्य वक्ताले ख्रीष्टियनहरूको नीम्ति पुनःस्थापित गर्ने र सत्य ठहराउने प्रयास गरेका छन्।

तर्कको निम्ति पनि उहाँको कुरा मान्ने भए पुरानो करारका परमेश्वर हामीलाई किन चाहियो? त्यहाँको प्रकाश र इतिहास त हाम्रोलागि निर्रथक ठहरिन्छ।परमधामबाट आउनु भएको येशू संसारमा नआउञ्जेल परमेश्वरलाई चिन्न तीन लोक र चौध भूवन त चार्न नै पर्‍यो, अरू उपाय नै छैन।त्यस्तो भए आर्य धर्मालम्बीहरूबाहेक कसैलाई परमधाम पुग्ने उपाय नै भएन।आदम, हनोक, नेहा, अय्यूब तथा अगमवक्ताहरू आदिको परमेश्वरीय प्रकाश र सम्पर्कको आधार के? अब्राहाम र यहूदीहरूभन्दा पनि आर्यधर्मबाट पो परमेश्वर बोल्नुभएकोरहेछ क्यारे?

अब उहाँको अर्को बाईबल शब्द हो परमधाम।मत्ती २१:९ प्रयोग गरेर उहाँले पुराण अनुसारको परमधामको अस्तित्व जोगाउने प्रयास गर्नुहुन्छ।जुनसुकै भाषाको बाईबलमा पनि परमधाम भनेर प्रयोग गरिएको शब्दको अर्थ सर्वोच्च (highest) मात्र हो, यो त बाईबलमा धेरै ठाउँमा प्रयोग भएको छ, (लूका २:१४ आदि)।त्यसलाई पुराणको परमधाम बनाउनु पाईन्छ र? के बाईबल नेपालीमा लेखिएको हो र? हिब्रू र ग्रीकमा त्यसले हिन्दू परमधाम जनाउँछ र?

एफिसी ४:९,१० पदहरू प्रयोग गरेर येशूलाई पुराणहरूको लोक र भुवनहरू चक्कर काट्न लगाउने धृष्टताको आधार के हो? के पावल हिन्दू पुराणहरूका पण्डित थिए र? येशूको मृत्यु र पुनरूत्थानको अर्थ यही हो र? तीन लोकको प्रमाण गर्न पावलले २कोरिन्थी १२:२ मा उल्लेख गरेको तेस्रो स्वर्गलाई वक्ताले आधार बनाएको छ।पावलको स्वर्ग कसरी वक्ताको निम्ति लोक भयो? के पावल हिन्दू थिए र? न यहूदीहरूको बीचमा चलनचल्तिमा भएको स्वर्गको धारणामा बोलेका होईनन् र? त्यो के वक्ताको तीन लोकसँग मिल्छ र?

अब मानौं यो सबै ठीक छ।पुराण तथा हिन्दू धर्मशस्त्रहरू बाईबल अनुसार ठीकै रहेछन् र ती अनुसार नै परमेश्वर काम गर्नुहुँदो रहेछ।त्यस्तो भए परापूर्व कालदेखि मानिसहरूले मान्दै आएको अन्य धर्म र देवताहरूलाई कहाँ राख्ने? मिश्रका, कनानका, बेबिलोनका, ग्रीसका, रोमका र हालसम्म उत्पादित कयौं देवताहरूलाई कहाँ लिएर राख्ने? यी सबैको उत्तर पाउन के हामी अझै नयाँ प्रकाशको खोजीमा, मान्य वक्ता जस्तै अन्य पण्डितहरूको पर्खाइमा रहने?

प्रकाश २०:११मा येशूको सिंहासनको अगाडिबाट लुप्त भएको आकाश र पृथ्वी वक्ताको तीन लोक र १४ भुवन हो र? फेरि प्रकाश २१ अध्यायको उहाँको वर्णन ख्रीष्टिय विश्वासको आधारभूत कुराहरूसँग मेल खान्छ र?

जबरजस्ति बाईबलको पदहरूलाई आफ्नो सुविधा अनुसार कोट्याएर आफ्नो सिद्धान्त बनाउनु खोज्ने कुटिलता वक्ताले प्रशस्त गर्नुभएको छ, यो सदुकिहरूले येशूलाई फसाउन खोज्नुभएको जस्तै हो (मत्ती २२:२३-३१)।त्यहाँ येशूले दिनुभएको (पद २९) उत्तरमा विशेष ध्यान दिनुहोस्।प्रेरित १४:११-१८मा पावल र बर्णबासले प्रदर्शन गरेका नमूनालाई मान्य वक्ताले कसरी प्रयोग गर्नुहुन्छ? पावलले २तिमोथी २:१४-१९ (विशेष पद १४-१७) र ४:१-१४ (विशेष पद ३) मा दिनुभएको असल शिक्षालाई मनन गर्नुहोस्।

वक्तालाई परीचय गराई स्वागत गर्ने क्रममा एक वरिष्ट पास्टर यसरी भन्नुहुन्छ, “दाजु शर्माले १४ वर्षसम्म धर्मशास्त्रहरूको सोधखोज गरी यो ज्ञान प्राप्त गर्नुभएको छ र १४०० जना उहाँद्वारा ख्रीष्टियन भएको छन्”।कहाँ छन् तिनीहरू? उत्तर पूर्वी भारतमा? मण्डली बाहेक अन्य कहाँ वक्ताले आफ्नो सिद्धान्त भन्न पाएका छन्? यो त खोजी गर्नुपर्ने कुरा हो।अझै पास्टरले थप्नुहुन्छ, “आजको भाषण सुनेर हामी आत्मामा बलिया र दह्रीला हुनेछौं”।कसरी? वक्ताको मुखमा पवित्र आत्माको केही उल्लेख नै छैन, पुराण र वेदहरूको गन्थन र बहुमूल्य — टुक्राटाक्री ज्ञान मात्र छ।
त्यस्तो भए परापूर्व कालदेखि मानिसहरूले मान्दै आएको अन्य धर्म र देवताहरूलाई कहाँ राख्ने? मिश्रका, कनानका, बेबिलोनका, ग्रीसका, रोमका र हालसम्म उत्पादित कयौं देवताहरूलाई कहाँ लिएर राख्ने?

एफिसी ४:९,१० पदहरू प्रयोग गरेर येशूलाई पुराणहरूको लोक र भुवनहरू चक्कर काट्न लगाउने धृष्टताको आधार के हो? के पावल हिन्दू पुराणहरूका पण्डित थिए र? येशूको मृत्यु र पुनरूत्थानको अर्थ यही हो र? तीन लोकको प्रमाण गर्न पावलले २कोरिन्थी १२:२ मा उल्लेख गरेको तेस्रो स्वर्गलाई वक्ताले आधार बनाएको छ।पावलको स्वर्ग कसरी वक्ताको निम्ति लोक भयो? के पावल हिन्दू थिए र? न यहूदीहरूको बीचमा चलनचल्तिमा भएको स्वर्गको धारणामा बोलेका होईनन् र? त्यो के वक्ताको तीन लोकसँग मिल्छ र?

 

Republished on layout site June 13,2013

 

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

Recent Posts

  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In