सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुला गरेको छ।
पाँच जना न्यायाधीशबीच राय बाझिए पनि बहुमत राय दिने तीन जना न्यायाधीशले निजगढमा विमानस्थल बनाउने कुरालाई रोक लगाएका छैनन्।निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कि त्यसको विकल्प खोज्ने भन्ने सम्बन्धमा न्यायाधीशहरुको राय बाझिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको रायमा विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत सहमत हुँदा हरिकृष्ण कार्कीको रायमा डा. मनोजकुमार शर्मा सहमत भएका छन् । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको अन्य कुनै स्थानमा पनि बनाउन सम्भव छ कि भन्ने रायमा न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत सहमत छन् भने सोही स्थानमै थोरै मात्रै बन फँडानी गरी न्युनतम क्षति बेहोर्ने गरी बनाउन उपयुक्त हुने वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीको रायमा न्यायाधीश मनोजकुमार शर्मा सहमत भएका छन् । यद्यपि तीन सदस्य सहमत भएको रायलाई नै बहुमत राय मानिँदै फैसला मानिने भएकाले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको रायलाई फैसलाको अंशको रुपमा लिइएको छ ।
‘‘विमानस्थल निर्माणको लागि उपयुक्त स्थान निर्धारण भएपछि सो क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन गर्दा वातावरणमा पर्ने प्रतिकूल प्रभावलाई न्युनीकरण गर्ने पर्याप्त व्यवस्था गर्नू र प्रभावित हुने देखिएका आश्रित वन्यजन्तुको वासस्थान, विचरण तथा अन्य गतिविधिलाई असर नपुग्ने गरी उपयुक्त पूर्वाधारको निर्माण र विकास गरी वन्यजन्तु संरक्षणको उचित व्यवस्था गर्नु’, फैसलामा भनिएको छ, ‘‘विमानस्थल निर्माणका लागि रुख विरुवा काट्नुपर्ने अवस्था देखिएमा वन क्षेत्रभित्र काटिएका रुखको परिपूरणको लागि स्थान पहिचान गरी प्रचलित कानुनबमोजिम र तोकिएको मापदण्ड अनुरुप नयाँ रुख विरुवा रोप्ने, संरक्षण गर्ने र हुर्काउने समेतको व्यवगस्था गर्नू।’’
पूर्णपाठ लागि यहाँ क्लिक गर्नुहोस।
Discussion about this post