काठमाण्डौँ । एलकेजीको विद्यार्थीका लागि अभ्यास नेपालले प्रकाशनमा ल्याएको एलकेजीको भाषा १ पाठ्यपुस्तकमा ईशा शब्द शब्दकोषबाट नै खोजेर राखिएको बताएको छ ।
प्रकाशनले आज एक विज्ञप्ति जारी गर्दै पुस्तक लेखन क्रममा ‘ई अक्षरबाट ईशा’ शब्द बनाउने क्रममा राखिएमा शब्दहरु कुनै जाति, धर्म, सम्प्रदाय विशेष लक्षित नभई पुस्तक लेखनको क्रममा शब्दकोषबाट नै खोजेर राखिएको शब्दहरु भएको बताएको हो ।
प्रकाशित पुस्तकका विषयवस्तुले भविष्यमा असर पार्ने भन्दै प्रकाशनले आजकै मिति देखि एलकेजीको भाषा १ पुस्तकमा पृष्ठ परिमार्जन गरिएको साथै कुनै धार्मिक, सांस्कृतिक र सम्प्रदायमा पर्न गएको असर प्रति संस्था सम्वेदनशील र गम्भिर भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो केही दिनयता साना बालबालिकाका लागि तयार गरिएको पुस्तकमा ई अक्षरको परिचय ईशा लेखिएको भन्दै संसद देखि सडकसम्म प्रश्न उठिसकेको छ । संसदमा नेकपा एमालेका सांसद डा. भीम रावलले यसबारे प्रश्न उठाइसकेका छन् । By: ratopatinews.com
Discussion about this post