आगामी मंसिरदेखि सवारीमा जोडिने नम्बर प्लेटलाई ‘इम्बोस्ड’ प्रविधिमा रुपान्तरणको व्यवस्थालाई अनिवार्य गरिने भएको छ । चरणवद्ध रुपमा तोकिएका प्रदेशमा तोकिएका वर्गमा सवारीले तोकिएको मितिदेखि इम्बोस्ड नम्बर प्लोट जडान गर्नुपर्ने भएको हो ।
नामाकरण भइसकेका प्रदेशहरुमा १ फागुन २०७८ देखि सवारी नामसारी गर्दा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नैपर्नेछ । त्यस्तै १ जेठ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण गर्दा पनि जोड्नुपर्नेछ । कसैले तोकिएको समयअघि नै जोड्न चाहे त्यसतो सुविधा पनि पाइने राजपत्रमा उल्लेख छ।
Discussion about this post