ललितपुर । नेपाल ख्रीष्टियन समाजको अध्यक्षमा आगामी दुई वर्षे कार्यकालका लागि रेभ ओमप्रकाश सुब्बा (प्रकाश सुब्बा) निर्विरोध निर्वाचित भएका छन्।
बुधबार सम्पन्न समाजको १९ औं महासभाले सुब्बाको अध्यक्षतामा २९ पदाधिकारी सहित ५१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
निर्वाचनबाट महासचिवमा डिल्लीराम पौडेल, सह आध्यक्षमा वर्णवास श्रेष्ठ र ल.बी. चौधरी र सातै प्रदेशका प्रमुखहरु स्वःत उपाध्यक्ष, कोषाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा चन्द्रमान नेपाली र अशोक अधिकारी, उपमहासचिवमा राजेन्द्र मल्ल, मुकुन्द कुमार शर्मा र किरण दास सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा सीता गुरुङ, धना लामा, लक्ष्मी नेपाली र विमला श्रेष्ठ सर्वसम्मत चयन गरिएको समाजका नवनिर्वाचित उपमहासचिव राजेन्द्र मल्ले जानकारी दिए ।
बाँकी पदाधिकारी र केन्द्रीय सदस्य सल्लाहकार परिषद्को सल्लाह बमोजिम केन्द्रीय कार्यसमितिले चयन गर्ने पदाधिकारी छनौट समितिका संयोजक सल्लाहका डा. तीर्थ थापाले बताए ।
नवनिर्वाचित अध्यक्ष सुब्बाले नेपाल ख्रीष्टियन समाज सम्पूर्ण नेपाली मण्डलीहरुको साझा थलो भएकोले अबका दिनमा प्रदेश तथा जिल्लामा रहेका नेपाली मण्डलीको सेवकार्यमा वृद्धि विकास र स्थानीय मण्डली र सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्दै मण्डलीको अधिकारका लागि संयुक्त आवाज बन्ने प्रतिवद्धता जनाउनुभयो ।
Discussion about this post