आइतबार बिहान १० बजे पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज भेटिएको भनिएको स्थानमा पुग्न शेर्पा टोलीलाई पठाइएको छ ।
हेलिकोप्टरले उनिहरुलाई ३/४ घण्टा टाढा छोडिएको छ । शेर्पा टोलीले आइतबार राति नै सकेसम्म दुर्घटना भएको भनिएको स्थानमा जाने छन् । त्यहाँ उनीहरुले राति टेन्ट गाडेर बास बस्ने तारा एयरलायन्स पोखराले जनाएको छ ।
नेपाली सेनाका टोलीले भोलि बिहानैबाट खोजी काम पुनः सुरू गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।
Discussion about this post