• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 1, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा अनावरण

by NC Admin
May 11, 2022
in News & Events, socio-political

दार्जिलिङ, खरसाङको गोर्खा जातिय विभूति उद्यानमा हालै  पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा स्थापना गरिएको छ। पादरी गंगाप्रसाद प्रधानको प्रतिमा साहित्यकार तथा समाजसेवी डा. एडोन रोंगोंगले र डा पारसमणि प्रधानको प्रतिमा डा. गोकुल सिन्हाले अनावरण गर्नुभएको थियो। अनावरण समारोह  गोर्खा जनपुस्तकालयका सभापति पूर्ण गुरुङ निरुपमको अध्यक्षतामा भएको थियो भने सो पुस्तकालयका उप सभापति विनोद प्रधानले संचालन गर्नु भएको थियो। सो समारोहमा पद्मश्री पुरस्कार बिजेता काजीसिंह विद्यार्थी, वरिष्‍ठ साहित्यकारहरु नरबहादुर दाहाल, सलोन कार्थक, डा छत्र सुब्बा, फादर सोलोमन सुब्‍बा लगायत अन्य गण्यमन्य व्यक्तिहरु उपस्थित थिए। पादरी गंगाप्रसाद प्रधानको जन्म ४ जुलाइ १८५१ (२२ असार बि. स. १९०८)  मा काठमाडौंको ठमेलको भगवानबहालमा भएको थियो। ठमेललाई नेवार भाषामा थँबहिल भनिन्छ।

पादरी गंगाप्रसाद प्रधानको बाल्यावस्थामा राणा शासकहरुले नेवारहरुलाई धेरै दुःख दिइरहेका थिए। धेरै नेवारहरुको जग्‍गा जमिन खोसेर राणाहरूले ठुला ठूला दरबार बनाउन शुरु गरे। धेरै नेवारहरूले चित्त दुखाएर काठमाडौं छाडे। सोही क्रममा पादरी गंगा प्रसाद प्रधान १० वर्ष हुँदा  उनलाई  लिएर उनका बुबा पनि देश छोडेर दार्जिलिङ गएका थिए। त्यसै गरी डा. पारसमणि प्रधान पनि नेपालबाट गएका नेवार परिवारका हुन्। उनको पुर्खा पाटनको महापालमा रहेको न्हायकं बहिलका शाक्यहरू हुन्।पाटनको न्हायकं बहिल भूतपूर्व प्रधानमन्त्री केपी ओली लामो समयसम्म बसेको स्थानको रूपमा पनि चिनिन्छ। केपी ओलीले त्यहीकी शाक्य थरकी केटीसँग विवाह गरेका हुन्। डा. पारसमणि प्रधानको बाजेबराजु न्हायकं बहिलबाट पछि जंगबहादुर राणाको अत्याचार सहन नसकी ओखलढुंगामा बसाई सरेका थिए। त्यहाँबाट उनको बाजे दार्जिलिङ गएका थिए।

प्रतिमा अनावरण पछि पंखाबारी देखि हिलकार्ड रोड हुँदै सेन्ट अल्फन्सेस स्कूल सम्‍म पदयात्रा निकालेका थिए।

प्रतिमा अनावरण पछि पत्रकारहरू सँग कुराकानी गर्दे डा. एडोन रोंगोंगले प्रतिमा अनावरण हुनु एतिहासिक कार्य हो भन्‍नुहुँदै यसले भविष्‍यका सन्ततिहरूलाई प्रेरणा मिल्दछ भन्‍नुभयो। सो समारोहमा वरिष्‍ठ साहित्यकार तथा नियात्राकार सलोन कार्थकले पादरी गंगाप्रसाद प्रधानको  प्रतिमा अनावरणले आफू धेरै हर्षित भएको र पादरी गंगाप्रसाद प्रधानको यो पहिलो प्रतिमा भएकोले यसको बेग्लै महत्व छ भन्‍नु भयो। वरिष्‍ठ साहित्यकार डा. छत्र सुब्‍बाले प्रतिमा स्थापना  कार्यमा संलग्न  सबैलाई धन्यवाद दिनुहुँदै यो क्षण हामी सबैको लागि अत्यन्त खुशीको क्षण भएको बताउनु भयो। सो समारोहको संयोजन गोर्खा जनपुस्तकालय, खरसाङका भूतपूर्व सभापति तिलक शर्माले गर्नुभएको थियो। सो कार्यक्रम गोरखा जनपुस्तकालयको आयोजनामा भएको हो।

Naresh Duwal

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In