ललितपुर। नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ)का महासचिव शेरबहादुर एसीलगायत कर्मचारीहरुले एनसीएफ नेपालका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीहरुलाई आज कुसुन्तीस्थित आप्mनो कार्यालयमा स्वागत गरेका छन्।
आज कुसुन्तीस्थित एनसीएफ नेपालको कार्यालयमा आयोजित स्वागत समारोहमा एनसीएफ नेपालका पूर्व अध्यक्ष तथा क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर रेभ डा.मंगलमान महर्जनले नवनिर्वाचित कार्य समिति पदाधिकारीहरुलाई कार्य समिति सदस्य तथा पदाधिकारीको प्रमाणपत्र वितरण गर्नु भयो।
स्वागत कार्यक्रममा गत चैत्र २२ देखि २४ सम्म चितवको टाँडीमा आयोजित ६२औं साधारण सभा तथा अधिवेसनले सूर्यबहादुर वल (हनोक)लाई अध्यक्षमा, विरबहादुर तामाङलाई उपाध्यक्षमा, हिमाल जोशेफ राईलाई कोषाध्यक्षमा र विरबहादुर तामाङलाई सचिवमा निर्वाचित गरेको हो।
त्यसैगरि, स्वागत समारोहमा एनसीएफ नेपालका सातै प्रदेशका अध्यक्षहरु,यूवा विभागका पदाधिकारीहरु र महिला विभागका पदाधिकारीहरुलाई पनि स्वागत गरिएको थियो। उनीहरु सवैलाई नवनिर्वाचित अध्यक्ष हनोक तामाङले स्वागत गर्नु भयो।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हनोक तामाङले विधान अनुरुप प्राप्त गरेको आप्mनो कार्यकालको आगामी चार वर्ष तीन ओटा स को संकल्पमा अघि वढेर केही नयाँ कामहरु गर्ने प्रतिवद्धता जनाउनु भयो। त्यस्तै, नवनिर्वाचित उपाध्यक्ष पास्टर विरबहादुर कार्कीले अध्यक्षको अगुवाइमा एनसीएफ नेपाललाई थप उचाईमा लैजाने प्रतिवद्धता गर्नु भयो।
कार्यक्रममा प्रमुख अतिथि रेभ पास्रर डा.मंगलमान महर्जनले नयाँ पदाधिकारीहरुलाई वधाई दिदैं उहाँहरुको सफल कार्यकालको कामना गर्नु भयो। त्यही अवसरमा डा.महर्जनले संगठनलाई लिड गर्ने अगुवाहरु इमानदार र परमेश्वरको भय मान्ने र लोभलालचमा मोहित नहुने अगुवा हुनुपर्ने सुझाउनु भयो।
कार्यक्रममा नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्नु भयो।
Discussion about this post