काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै देशभरका निर्वाचन अधिकृतहरुलाई तालिम दिन सुरु गरिने भएको छ ।
आयोगले आजदेखि निर्वाचन अधिकृतहरुका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्न लागेको हो ।
आयोगले वैशाख ३ गतेसम्म सात वटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७५३ जना निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि तालिम दिइसक्ने बताएको छ ।
अभिमुखीकरण कार्यक्रमका लागि प्रदेश १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त सगुन शमशेर जवरा र कर्णाली प्रदेशका लागि आयुक्त जानकीकुमारी तुलाधर सहभागी हुने आयोगले जनाएको छ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन २०७९ वैशाख १ गतेदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन बुलेटिन’ प्रकाशन गर्ने जानकारी दिएको छ ।
Discussion about this post