काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
यी हुन नियुक्ति सिफारिस भएका राजदुतका नामः-
राजनीतिक दलबाट
१ विष्णुपुकार श्रेष्ठ – चीन
२ दानवहादुर तामाङ, दक्षिण अफ्रिका
३ शर्मिला पराजुली ढकाल, स्पेन
४ बाशुदेव मिश्र, श्रीलंका
५ मिलन तुलाधार, रसिया
६ कैलाश पोखरेल, अष्टेलिया
७ डिल्लीराज पौडेल, मलेसिया
८ शान्ता रिजाल, इजरायल
९ ज्योति प्याकुरेल, दक्षिण कोरिया
१० प्रा डा रामशुरज राय यादव, डेनमार्क
११ नवराज सुवेदी, साउदी अरव
१२ नरेश विक्रम ढकाल, (देश खुलेको छैन)
परराष्ट सेवाबाट
१० घनश्याम भण्डारी
२ हरिशचन्द्र घिमिरे
३० तीर्थराज वाग्ले
४ डोरनाथ यादव (पासपोर्ट विभागका डिजि)
५ शशिल कमार लम्साल
६ भरतकुमार रेग्मी
७ निर्मलराज काफले
८ दुर्गा वहादुर सुवेदीलाई सरकारले राजदुतमा सिफारिस गरेको छ । यधपी उनीहरुको भने देश खुल्न सकेको छैन ।
जसपा नेता नवराज सुवेदीसहित राजदूत नियुक्तिको लागि सिफारिस भए पनि कतिपयको बायोडाटा लिनुपर्ने र केही नामको योग्यताको बुझ्नुपर्ने भएकाले सबैको नाम आधिकारिक रुपमा बाहिर ल्याउनेगरि मुख्यसचिव र परराष्ट्र मन्त्रीलाई जिम्मा दिइएको एक मन्त्रीले बताए ।
Discussion about this post