काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)ले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री कोइरालालाई सपथ गराएकी हुन् ।
सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरु र उच्चपदस्थ सरकारी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
राष्ट्रपति भण्डारीले बिहीबार प्रधानमन्त्री देउवाको सिफारिसमा कोइरालालाई मन्त्री नियुक्त गरेकी हुन् ।
Discussion about this post