काठमाडौँ । नेपाली ख्रीष्टियनहरुको एक सशक्त र जीवन्त इतिहास बोकेको छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिको अध्यक्षमा पुनः पास्टर हनोक तामाङ निर्वाचित हुनुभएको छ ।
चितवनको टाँडीमा आज सम्पन्न एनसीएफ नेपालको ६२ औं बार्षिक अधिवेशनबाट अध्यक्षमा तामाङ नै तीन वर्षे कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
महाधिवेशनले अध्यक्ष तामाङको नेतृत्वमा उपाध्यक्ष पा. वीर बहादुर कार्की, सचिवमा वीर बहादुर तामाङ र कोषाध्यक्षमा हिमाल राई सहित १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको सचिव वीर बहादुर तामाङले जानकारी दिए । नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने एनसिएफ नेपालले जनाएको छ ।
कुशल नेतत्व र प्रशासनमा दक्ष अनुभवी कुरा भन्दा काममा र अध्ययनमा बढी ध्यान दिने आराधना मण्डलीका वरिष्ठ पास्टर समेत रहेका अध्यक्ष तामाङ यस अघि पनि २ पटक एनसीएफको नेतृत्वमा रहेका थिए । निकै जोशिलो सबैलाई सहयोग र आदर गर्ने उच्च स्वभावका धनी तामाङ पछिल्लो समय उनकै नेतृत्वमा नेपाल राष्ट्रिय मण्डली संगति, नेपाल ख्रीष्टियन समाज र राष्ट्रिय ख्रीष्टियन महासंघबीच मेलमिलाप, सहकार्य र एकताका लागि ७ बुदेँ सहमति पत्रमा हस्ताक्षर गरिएको थियो । यो उनको तेस्रो कार्यकाल हो ।
Discussion about this post