काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्काले बाजी मारेकी छिन् ।
यसअगाडिका अध्यक्ष राजेन्द्र अर्याललाई हटाइएपछि रिक्त रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष बन्नका लागि ६ जना पत्रकारहरू प्रतिष्प्रर्धामा उत्रिएका थिए ।
धेरैले नेपाली कांग्रेस निकट रामप्रसाद दाहाल अध्यक्ष भएर आउने बताइरहेको बेला नेकपा माओवादी केन्द्र नजिक रहेकी खड्काले अध्यक्षमा बाजी मारेकी हुन् ।
न्यूनतम पारिश्रमिक समितिले २७ फागुनमा दरखास्त आह्वान गरेकोमा दरखास्त हाल्नेहरुमा उत्तरसिंह विष्ट, ठाकुरप्रसाद बेल्बासे, विदुर खड्का, रामप्रसाद दाहाल, लालबहादुर ऐरी र संगीता खड्का थिए ।
सूचना तथा सञ्चार मन्त्रालयले गठन गरेको छनोट उपसमितिका अनुसार, छनोटमा परेका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिएर खड्कालाई छनौट गरिएको हो ।
Discussion about this post