काठमाडौँ– गृह मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी विद्यार्थीलाई विदेश पठाउँदा कानुनविपरीत काम गरेको पाइए त्यस्ता शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
पछिल्लो समय त्यस्ता उजुरीहरू बढिरहेको मन्त्रालयले जनाएको छ । कानुनविपरीत गतिविधि गर्ने संस्थाहरूमाथि सरकारले निगरानी गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।
कुनै शैक्षिक परामर्श केन्द्रहरूले गैरकानुनी काम गरेको पाइए नेपालमा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र विदेशको हकमा विदेशस्थित नेपाली नियोगहरूमा सूचना अथवा उजुरी दिनसमेत विज्ञप्तिमार्फत् आगरिएको छ ।
निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...
Discussion about this post