काठमाडौं– प्रतिनिधिसभाको बैठक आगामी माघ १६ गतेका लागि सारिएको छ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै बैठक सारिएको जानकारी दिएका हुन्।
माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने तय भएको बैठक सरेको हो। कोभिड–१९ को बढ्दो संक्रमणको कारण सोमबारको बैठक बस्न नसक्ने भएको भन्दै सारिएको हो।
अब माघ १६ गते आइतबार दिउँसो १ बजे बैठक बस्नेछ। राष्ट्रियसभाको बैठक पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिसकिएको छ।
Discussion about this post