ललितपुर । राष्ट्र निर्माणमा हाम्रो उत्तरदायित्व विषयक प्रदेशस्तरिय पैरवी कार्यशाला सम्पन्न भएको छ ।
नेपालभित्र र नेपाल बाहिर छरिएर रहेका सबै ख्रीष्टियन विश्वासीहरु, मण्डलीहरु तथा ख्रीष्टियन विश्वासमा आधारित संघसंस्थाहरुको साझा थलो नेपाल ख्रीष्टियन समाज बागमती प्रदशको आयोजनामा आज ललितपुरमा एक दिने पैरवी कार्यशाला सम्पन्न भएको हो ।
समाजका बागमती प्रदेश समितिका अध्यक्ष पास्टर राजेन्द्र मल्लको अध्यक्षतमा भएको कार्यशालामा गाउँपालिकाका उपप्रमुख, वडा अध्यक्ष राजनीतिक दलका प्रतिनिधि समाजसेवी, नागरिक समाजका प्रतिनिधि विभिन्न चर्च समूह, नेपाली चर्चका पास्टर, अगुवा तथा प्रतिनिधि, पत्रकार, अधिवक्ता लगायतको सहभागीता रहेको थियो ।
कार्यशालामा नेपालको संविधानको धारा २६ को उपधारा ३ मा लेखिएको विभेदपूर्ण व्यवस्थासाथै फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा २.३ (छ), १५६, १५८ र १५८ मा उल्लेखित कसूर तथा दण्डको व्यवस्था र विश्वमा मानव अधिकारको न्युनतम् आधारशीला मानिएको ‘धर्म तथा आस्थाको स्वतन्त्रतासम्बन्धी अधिकार’ हरेक व्यक्तिले आफ्नो धर्म वा आस्थाको अभ्यास गर्न पाउनुपर्ने “मानव अधिकारको विश्वव्यापि घोषणापत्र”, व्यक्तिको “नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तरराष्ट्रिय प्रतिज्ञापत्र” र सोसम्बन्धी सम्पन्न अन्तरराष्ट्रिय अभिसन्धी वा सम्झौताहरू र धर्म तथा आस्थाको स्वतन्त्रताका सम्बन्धमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनी अभ्यास लगायतका विषयमा प्रमुख प्रशिक्षक डा. वि.पी खनालले सहजीकरण गर्नुभएको थियो ।
कार्यशालामा नेपाली ख्रीष्टियन समुदायबीच गरिने पैरवी के हो ? कसरी र किन गर्ने ? यसका चुनौति केके हुन भन्ने विषयमा सामुहिक छलफलसहित धार्मिक स्वतन्त्रता, धार्मिक आस्था र कानुनी सचेतना बारे जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको समाजका बागमती प्रदेश समितिका अध्यक्ष पास्टर राजेन्द्र मल्लले जानकारी दिए ।
Discussion about this post