• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, February 3, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीस्टमस उत्सव सुसमाचार रोप्ने ठुलो अवसर हो

by NC News Desk
December 8, 2021
in Articles

-केपी अधिकारी
अगुवा (फिलाडेल्फिया मण्डली, भैसेपाटी, ललितपुर

संसारभर धुमधासंग मनाइने परमेश्वरका पुत्र येशू ख्रीस्टको जन्मको उत्सवले डिसेम्बर महिनाभर हर्षोल्लास र उज्यालो ल्याउने गरेको पाइन्छ I

इसाई समाजहरु बाहेक अन्य आस्था र विश्वासका मानिसहरु र समाजमा पनि ख्रीस्टमसले  निकै प्रभाव पारिरहेको हुन्छ I यस पर्वलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सबैले स्वीकार गरिरहेको र आफ्नो आफ्नो तरिकाद्वारा मनाईरहेको पनि पाइन्छ I मण्डलीहरुमा यसको रौनक अति नै भव्य र सभ्य रुपमा देखिन्छ भने अन्य संसारिक सबै क्षेत्रहरुमा पनि यसको राम्रै छाप बनेको छ I

नेपाली समाजमा पनि आम मानिसहरुले यस पर्वलाई थाहा पाएका छन् र आफ्नो अनुसार मनाउने गरेको देखिन्छ I मण्डलीहरु र इसाईहरुले आफ्नो आफ्नो मण्डलीमा धुमधाम संग मनाउने गर्छन् भने गैर इसाईहरुले पनि बाहिरी रुपमा आफ्नै परिभाषा र अर्थमा मानेका हुन्छन् I

विगत २ दशकदेखि यस पर्वले सबै खाले समाजमा प्रभाव पारेको छ, यसको नाममा व्यवसाय गर्ने, मार्केटिंग गर्ने, व्यवसाय प्रोमोसन गर्ने जस्ता कुराहरु पनि हुने गर्छन् I मण्डलीले मनाउने ख्रीस्टमस र मण्डली बाहिर मनाइने ख्रीस्टमस बीच धेरै भिन्नता पाइन्छ I खास गरी हामी इसाईहरुले मनाउने ख्रीस्टमस पूर्णतया बाइबलीय र आत्मिक छ जसका कारण हामीले मनाई रहंदा सुसमाचार बिउ बाहिर पोखिई रहेको हुन्छ र एक दिन त्यो उम्रने सम्भावना पक्का हुन्छ किनकि एक अध्ययनको प्रतिवेदन अनुसार  विकासोन्मुख देशहरुमा इसाई विश्वासमा मानिसहरु आउने मुख्य कारणहरु मध्ये ख्रीस्टमस मनाउने तरिकाको कारण पनि हो जसमा इसाईहरुले आफ्ना मानिसहरु , साथीभाईहरुलाई निम्तो दिने गर्दछन् र मण्डलीको क्रियाकलापहरुबाट ति मानिसहरुले सुसमाचार सुनेर जान्छन् I

काभ्रेस्थित एक व्यक्तिसंगको प्रत्यक्ष भेटघाटमा कुराकानी भए अनुसार लगभग १५ वर्ष अघिको कुरा हो स्थानीय मण्डलीमा मनाउने ख्रीस्टमस कार्यक्रममा भोज पनि हुने र सो भोजका लागि गाउँमा को सबै भन्दा राम्रो खाना पकाउन सक्छन् भन्ने सवालमा एक व्यक्तिको नाम आयो अनि उनलाई खाना पकाई दिन कुकको रुपमा आइदिन अनुरोध गरियो र सो अनुरोधलाई सुरुमा इन्कार गरेका उनले पछि स्वीकार गरे तर एक सर्तमा-उनले खाना बनाई दिने तर उनी आफु  चाहिँ नखाने I सो कुरालाई मण्डलीले स्वीकार गर्यो र उनले बनाएको खानाको चर्चा चल्न थाल्यो, सबैले स्यावासी दिए अनि उनी निकै खुशी पनि भए I एवम् रीतले ३ वर्ष जति ख्रीस्टमसमा खाना पकाए अनि चौथो वर्षमा उनि आफैले म पनि यो धर्ममा आउन पर्यो भनेर परिवार सहित ख्रीस्टमा आए र अहिले उनको परिवारका १०-१२ जना सबै ख्रीस्टमा छन् र सो कुरा अरु छिमेकीहरुले पनि थाहा पाए पछि अरु पनि ख्रीस्टमा विश्वास गरे अनि त्यस ठाउँमा मिसन र सबै मिलेर मण्डलीको आफ्नै पक्कि भवन समेत निर्माण गरि लगभग १५० जना सेवामा आराधना गर्न सहभागी  हुने गरेका  छन् I

निज व्यक्तिको भनाई अनुसार “सुरुमा खाना मात्र पकाउने हो त्यो धर्म त वास्तै गर्दिन भनेर गर्दै गएको अनि सुन्दा सुन्दा के भयो प्रभुले त मलाई दर्शन पो दिनुभयो अनि म त विश्वास गर्छु भनेर पास्टरलाई भनें “ I त्यस्तै ललितपुरका  एक जना अगुवाले भन्नुभयो –“ म त घर बनाउने मिस्त्री मान्छे, २२ वर्ष अघि  मण्डली भवन बनाउने काममा काम गर्दा गर्दै पास्टरको कुराकानी सुन्दा सुन्दै मण्डली सेवामा जना थालें, अनि अहिले मेरा परिवारका लगभग ३० जना भन्दा बढी नै विश्वासमा आएका छन्  I” यी  त एउटा प्रतिनिधि पात्र हुन सक्छन्  तर अधिकांश स्थानमा मानिसहरु ख्रीस्टमा आउने कारण ख्रीस्टको जन्म दिवस मनाउने बनेको छ किनकि यस दिनमा सबैले ख्रीस्टको जन्म, उहाँ को हुनुहुन्छ ? किन उहाँको जन्म दिवस मनाउने ? उहाँले मानव जातिको लागि के गर्नु भयो ? र मानिसले कसरी पापबाट छुटकारा पायो अनि मानिसको अनन्त जीवन कसरी सुरक्षित छ ? भन्ने जस्ता सुसमाचारका गहन विषयमा मण्डलीमा प्रचार गरिन्छ र सो बिउलाई मानिसहरुले आत्मामा रोपेर फर्कन्छन् अनि एक दिन त्यो उम्रेर छाड्छ I उम्रन समय लाग्न सक्छ तर रोपेको त उम्रेरै छाड्छ I

हामीले कति मानिसहरुलाई ख्रीस्टमा आउनुहोस् भनेर अब पुरानो तरिका अपनाएर नहुने बेला छ त्यो परम्परावादी तरिका हुनसक्छ जसलाई अपनाएर हाम्रा अग्रजहरुले मण्डली स्थापना गरे र आजको दिन सम्म आईपुगेको छ I तर अबको सुसमाचार रणनीति भनेको हामीले जिएको जीवन कस्तो छ ? हामी बाइबलीय आधारमा ख्रीस्टका गवाही बनेका छौँ कि छैनौं ? मण्डलीमा आर्थिक र सामाजिक रुपमा स्तरीकरण र वर्ग निर्माण भएकोछ कि ? जातीय, लिंगीय  भेदभाव र प्रतिष्पर्धा छ कि ? कुनै  सम्प्रदायको  नियमबाट मात्र संचालित छ कि ? पढे लेखेका र सामान्य साक्षर बीच भिन्नता देखिएको छ कि ? आर्थिक कारोवारमा पारदर्शिताको कमी छ कि ? भौतिक संरचनालाई प्राथमिकतामा राखिएको छ कि ? राजनीतिले स्थान पाएको छ कि ? फरक फरक बरदान पाएकाहरुको बरदानलाई मण्डलीले उपयोग गरेको छ कि छैन ? मण्डलीलाई स्थानीय तवरमा अन्तरघुलन गराइएको छ कि छैन ? मण्डली विकास निर्माण र समाज सेवाको काममा सरिक भएको छ कि छैन ?

सरकार , स्थानीय संघ संस्था, नागरिक समाज, अन्य आस्था र धर्मका संघ संस्था संग कस्तो समन्वय र व्यवहार छ ? मण्डली संचालन संरचना कस्तो छ ? मण्डलीलाई कुनै सातवट छ कि छैन ? प्रभुको मण्डलीका थोकहरु र स्रोतहरुलाई, मेरो मण्डली, मेरो भवन, मैले आर्जेको सम्पत्ति, मेरो पुलपिट, मेरो झुण्ड, मेरो बचन, मेरा विश्वासीहरु, मेरो सम्प्रदाय, मैले नै गरेको हो आदि भनेर बसिरहेका छौँ कि ? त्यो भन्दा माथि उठिरहेका छौँ ?

मण्डली अनि सेवाकाइका प्रणालीहरु/सम्पतीहरु आउदो पुस्तालाई हस्तान्तरण गर्ने योजना छ कि छैन ? आवश्यक पर्दा देश र समाजका लागि एकजुट हुने सम्भावना कत्तिको छ ? हाम्रो मण्डली पूर्ण रुपमा समावेसी बनेको छ कि छैन ? हाम्रो मण्डलीले व्यक्ति , परिवारहरु ,समाज अनि समग्र देशको लागि प्रार्थना गरिरहेको छ कि छैन ? मण्डलीले गरीब, दुखी, असहाय, जोखिममा रहेका मानिसहरुलाई सेवा गरेको छ कि छैन ? हाम्रो मण्डली समाजमा उदाहरणीय बनेको छ कि छैन ?

देशको लागि प्रार्थना जस्ता आम सवालहरुमा केन्द्रित भई कमि कमजोरीहरु छन् भने विस्तारै हटाउँदै लगेर देशमा इसाई मण्डलीको भूमिकालाई अग्रणी स्थान राख्नको लागि यस वर्षको ख्रीस्टमसले हामी सबैलाई अग्रसर गराओस् र हामी हाम्रो इसाई जीवनको एकताको गवाहीबाट सुसमाचार बगेर समस्त मानिसहरुमा पुगोस् भन्ने कामना एक अर्कामा गरौँ I

विगत वर्षमा हामीले धुमधाम संग ख्रीस्टमस मनाउन नसके पनि यस वर्षमा अलि खुकुलो भई आफ्नो परिवारमा, आफ्नो समुदायमा, आफ्नो भाषा भेषमा, मण्डलीमा यो पर्वलाई आत्मिक जागरणको उत्सवको रुपमा मनाउन सकौं, ख्रीस्टमस पर्व र नयाँ वर्ष-२०२२ को सबैलाई शुभकामना !

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In