काठमाण्डौँ । सरकारले धार्मिक संस्था मन्दिर, चर्च गुम्बा, मस्जिद आदिको घरजग्गामा सम्पत्ति कर नलाग्ने बताएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार परिपत्र जारी गर्दै स्थानीय सरकार ऐन, २०७४ (केही नेपाल ऐनलाई संसोधन गर्न बनेको ऐन २०७५ द्वारा संशोधन समेत)को सम्पत्ति करसम्बन्धी दफा ५५ को उपदफा ५ बमोजिम धार्मिक संस्थाको घर र घरजग्गामा सम्पत्ति कर नलाग्ने परिपत्र जारी गरेको हो ।
सबै स्थानीय तहहरुलाई घर र घरजग्गा सम्बन्धी प्रावधानहरुको आदेशअनुसार कार्यान्यवनको लागि मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका शाखा अधिकृत नमराज सापकोटाले हस्ताक्षर गर्नुभएको परिपत्रमा अनुरोध गरिएको छ ।
सरकारले यसअघि नै धार्मिक संस्थाको हकमा सम्पत्ति कर तिर्नु नपर्ने परिपत्र जारी गरेपनि नियमानुसार लागु हुन सकेको थिएन ।
कतिपय धार्मिक संस्था मन्दिर, चर्च, गुम्बा, मस्जिदहरु दर्ता नभएका र दर्ता गर्न कानुन नबन्दा उनीहरुको हकमा सम्पत्ति कर तिर्नु नपर्ने बताइएतापनि कानुनी जठिलता भने कायमै रहेको देखिन्छ भने सो जठिल व्यवस्थाको लागि भने कानुनी दस्तावेजले केही बताएको छैन ।
Discussion about this post