काठमाण्डौँ । प्रशस्त कटनी मण्डली पोखराका पास्टर केशव आचार्यलाई १४ दिनको लागि हिरासतमा राखिएको छ ।
सोमबार धर्म परिवर्तनको मुद्धामा डोल्पा जिल्ला अदालतमा तोरख दिन पुगेका पास्टर आचार्यलाई जिल्ला अदालतका माननीय न्यायधीश केशवराज चपाईको एकल इजलासले कसुरदार ठहर गरेर हेर्दाहेर्दैको अवस्थामा पुस १४ गते हुने पूर्ण फैसलाको समयसम्म थुनामा राख्ने आदेश दिएको हो ।
धर्म परिवर्तनको मुद्धामा अदालतले हिरासतमा लिएको विरोधमा देशभर ख्रीष्टियन अगुवाहरुले यसलाई अल्पसंख्यक माथिको विभेद गरिएको भनेका छन् ।
कास्कीको पोखरास्थित प्रशस्त कटनी मण्डलीका पास्टर आचार्यलाई पोखरा महानगरपालिका–२९ पावर हाउसबाट धर्मको नाममा कोरोना भाइरसबारे भ्रामक सन्देश फैलाएको भन्दै कास्की प्रहरीले गत २०७६ चैत्र ११ गते पक्राउ गरेको थियो । भने कास्की जिल्ला अदालतबाट गत २०७६ बैशाख ३१ गते धरौटीमा रिहाइ भएका आचार्यलाई मुलुकी अपराध संहिताको दफा १५८ को धारा १ र २ बमोजिम २०७७ जेठ ११ गते धर्मपरिवर्तन सम्बन्धि मुद्धामा पक्राउ गरेर प्रहरीले डोल्पा पु-याएको थियो ।
Discussion about this post