काठमाडौं । सत्ता गठबन्धनमा सहभागी पाँच दलले राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेका छन् ।
सोमबार बसेको गठबन्धनको बैठकले बनाएको उक्त संयन्त्रको नेतृत्व भने दलका शीर्ष नेताहरु आलोपालो गरी गर्ने बताइएको छ । उनीहरुको कार्यावधी दुई महिनाको हुने बैठकमा सहभागी नेताले बताए । ती नेताका अनुसार सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीमा २–२ जना सदस्य रहनेछन् ।
संयन्त्रमा नेपाली काँग्रेसबाट पौडेल र कृष्ण सिटौला, (माओवादी केन्द्र) बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) बाट माधव नेपाल र नाम दिन बाँकी एक जना, जसपाको तर्फबाट उपेन्द्र यादव र नाम दिन बाँकी एक जना, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र नाम दिन बाँकी एक जना सदस्य रहनेछन् ।
पाँच दलीय सत्ता गठबन्धनले आगामी आगामी राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकमा सरकार रहुन्जेल गठबन्धनलाई निरन्तरता दिने पनि निर्णय भएको बताइएको छ ।
बैठकले सरकारका काम कारवाहीका बारेमा आपसी छलफल गर्ने, आपसी असमझादारी निवारण गर्ने र निर्वाचनमा तालमेलसम्मका विषयमा आपसी समन्वय गर्ने पनि संयन्त्रको भूमिका किटान गरेको छ ।
Discussion about this post