काठमाण्डौँ । बेथशालोम पुतलीसडक चर्चले स्थानिय पाष्टरिय सेवामा संलग्न ३ जना सेवकहरुलाई बेथशालोम तहको पाष्टरमा पदोनत्ति गरेको छ ।
बेथशालोम अन्र्तगत भईरहेकोे सेवाकाईहरुमा बिस्तार साथै प्रभावकारिता ल्याउने उद्धेश्यले स्थानिय पाष्टरिय सेवामा संलग्न सेवकहरुलाई आज मण्डलीको एक कार्यक्रमकाबिच पाष्टरमा पदोनत्ति गरेको हो ।
पदोन्नती हुने पाष्टरहरुमा पाष्टर चित्र खड्का (पुतलीसडक), पाष्टर रुबेन पाख्रिन (महाराजगन्ज) र पाष्टर गणेश तमाङ्ग (बनेपा) हुनुभएको छ ।
चर्चको विधान अनुसार स्थानिय पाष्टर भई करिब १० बर्ष सेवा गरेपछि मुल्यांकन तथा आवश्यकताको आधारमा बेथशालोम तहको पास्टरमा नियुक्त गर्ने प्रावधान रहेको मण्डलीका एल्डर ज्ञान नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
चर्चका बरिष्ठ पाष्टर देव कुमार क्षेत्रीले आशिष् तथा विशेष् समपर्णको प्रार्थनाको अगुवाई गर्नुभएको सो विशेष सभामा पाष्टरमा पदोन्नति भएकाहरुको लागि वचनबाट उत्साह दिनुहुदै पाष्टर जोन पुनालुरलले मण्डलीको बृद्दि विकास र सुसमाचारिय सेवकाइमा लाग्न ख्रीष्टका सेवकहरु हरदम तयार रहन भन्नु भयो ।
Discussion about this post