काठमाडौं- गत २४ घण्टाभित्र नेपालमा थप ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल सात हजार ९११ जनाको नमूना परीक्षण गर्दा ३७२ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट २९७ र एन्टिजेन विधिबाट ७५ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल पाँच हजार ३१६ जनाको पीसीआर र दुई हजार ५९५ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
उक्त अवधिमा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ९११ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
Discussion about this post