काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)को वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शायक्ले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न आज दिउँसो ३ बजेसम्मको समयावधि दिएका थिए । पाण्डेले प्रदेशका ५९ प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरेका थिए । पाण्डेलाई गठबन्धन दलका सांसदको समर्थन छ ।
Discussion about this post