काठमाडौँ– बंगलादेशमाअल्पसंख्यक हिन्दू समुदायमाथि भएका ऋंखलाबद्ध हमलाप्रति राष्ट्रसंघले चासो देखाएको छ । पछिल्लो समयमा हिन्दू समुदायको घरमा भएका आगजनी र मन्दिर तोडफोडप्रति राष्ट्रसंघले गहिरो चासो देखाएको हो ।
हिन्दूमाथिको हमला संविधानमा उल्लेखित मुल्य र मान्यताबिरुद्ध भएको भन्दै राष्ट्रसंघले घटनाबारे निस्पक्ष छानबिन गर्न आह्वान गरेको छ । रंगपुर जिल्लाको उत्तरी क्षेत्रमा विगत एक सातादेखि फैलिएको जातीय हिंसा अझै रोकिएको छैन् ।
‘समाजिक सञ्जालमा कथित अनादर फैलाउने पोस्टपछि बंगलादेशमा हिन्दूमाथि भएका हमला त्यहाँको संविधानको मर्म विपरित छ । सरकारले यस्ता कार्य तत्काल रोक्नुपर्छ । अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न र निस्पक्ष छानबिनका लागि सरकारसँग राष्ट्रसंघले आह्वान गर्छ । समावेशी वंगलादेशलाई सशक्त बनाउन सबैले हातेमालो गर्न आह्वान गर्छौ,’ बंगलादेशस्थित राष्ट्रसंघका आवासीय संयोजक मिअ सेपोले भने ।
Discussion about this post