असोज ३१, २०७८ । हाइटीको राजधानीबाट १७ जना अमेरिकी क्रिस्चियन मिसनरीहरू र बालबालिकासमेत अपहरणमा परेका छन् ।
न्युयोर्क टाइम्सले पोर्ट–एउ–प्रिन्सका सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय ग्याङले उनीहरूलाई शनिबार एक बसबाट अपहरण गरेको जनाएको हो । सो समूह अनाथालयबाट केही सदस्यहरूलाई विमानस्थल छाड्न गइरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
एएफपी समाचार एजेन्सीले पनि सुरक्षा स्रोतको हवाला दिँदै उनीहरूलाई सशस्त्र समूहले अपहरण गरेको जानकारी दिएको छ ।
अमेरिकी सरकारका प्रवक्ताले अपहरणको समाचारबारे आफूहरू जानकार रहेको र विदेशमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षा आफूहरूको प्रमुख प्राथमिकता रहेको प्रतिक्रिया दिएका छन् ।
Discussion about this post