३१ भदौ, २०७८, तनहुँ । तनहुँ ख्रीष्टियन समाजको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
अधिवेशनले पास्टर के.बी. आले मगरको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
समाजको उपाध्यक्षमा महिला पास्टर शोभा माया तामाङ र सचिवमा पास्टर नवराज श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै, नवगठित कार्यसमितिको सहसचिवमा पास्टर हरिराज भट्टराई, कोषाध्यक्षमा पास्टर टेक राना र सहकोषाध्यक्षमा पास्टर जमुना थापा चयन भएका छन् ।
अधिवेशनले नयाँ कार्यसमितिको सदस्यहरुमा पास्टर पावल आले, विष्णु पौडेल, सिहं बहादुर तामाङ, एल्डर यादव बहादुर कुवर र अगुवा पदम माया किजिनलाई चयन गरिएको निर्बाचन समितिले जनाएको छ ।
Discussion about this post