१८ असोज २०७८, सुर्खेत । एन.सी.एफ. एन. कर्णाली प्रदेश समितिको अध्यक्षमा पास्टर बिरबहादुर राना निर्वाचित हुनुभएको छ ।
एन.सी.एफ.नेपालका केन्द्रीय उपाध्यक्ष रेभ. बीरबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट दर्शन एकता मण्डलीका पास्टर रानाको अध्यक्षतामा ९ सदस्य प्रदेश कार्यसमिति निर्वाचित भएको हो । .
सुर्खेतको मेहेलकुनास्थित अनुग्रह मण्डलीमा मंगलवार सम्पन्न अधिवेशनमा एन.सी.एफ.एन.कर्णाली प्रदेशका सदस्यहरुको उत्साहजनक सहभागीता रहेका थियो ।
अधिवेशनमा एन.सी.एफ.एन.का केन्द्रीय सचिव रेभ. बीरबहादुर तामाङ र कोषाध्यक्ष रेभ. हिमाल राईले परमेश्वरको आशिषमय वचनसहित एन.सी.एफ.एन.को दर्शन र भावी रणनीतिको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
अधिवेशनको बन्दसत्रलाई निर्वाचन मण्डलले सौहाद्रपूर्ण वातावरणमा सञ्चालन गरी निष्पक्ष र लोकतान्त्रिक विधिमार्फत निर्वाचन प्रक्रिया सम्पन्न भएको एन.सी.एफ. नेपालका कोषाध्यक्ष हिमाल राईले बताउनुभयो ।
निर्वाचित प्रदेश पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं एन.सी.एफ.नेपालका केन्द्रीय उपाध्यक्ष रेभ. कार्कीले निर्वाचित कार्यसमितिलाई बधाई तथा आगामी कार्यकालको शुभकामना दिनुभएको थियो ।
Discussion about this post