काठमाडौं- नेपालमा २८ प्रतिशतभन्दा बढी व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा लक्षित समूहकाे २८.३ प्रतिशत अर्थात् ६१ लाख ६५ हजार ६२ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। त्यसैगरी, ३१.२ प्रतिशत (६९ लाख ९३ हजार ४५६ जना) ले पहिलो मात्रा खोप लगाइसकेका छन्।
सरकारले कूल जनसंख्याको ७२ प्रतिशत अर्थात् दुई करोड १५ लाख जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। जसमा वैदेशिक रोजगारी वा अन्य कारणले देशबाहिर रहेका र बालबालिकाहरुको संख्या भने समावेश गरिएको छैन।
सरकारले दसैं अघिसम्म लक्षित जनसंख्यामध्ये तिहाईलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ। पछिल्लो २४ घण्टामा देशभर तीन लाख १२ हजार ८७४ व्यक्तिले खोप लगाएका छन्।
नेपालमा काेभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइरहेको छ।
Discussion about this post