असोज ७, काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवाद र सहमतिबाट संसदमा भइरहेको अबरोध हटाउन सरकार र प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ।
राष्ट्रियसभाको बिहीबारको बैठक सुरु भएपछि प्रमख प्रतिपक्षी दल नेकपा एमालेले सदन चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दललाई सदनको अबरोध वार्ता र संवादबाट समाधान गर्न रोष्टमबाट आग्रह गर्नुभएको हो।
`माननीय सदस्यहरु यहाँहरुले आफ्नो कुरा राखिराख्नु भएको छ। राष्ट्रले र सबैले यो सुनेको पनि छ,´ बैठकको सुरुमा एमाले सांसद कोमल वलीले संसद चल्न नसक्ने बताएपछि उहाँले भन्नुभयो, `वार्ताको माध्यमबाट नै समस्या समाधान गरी संसदलाई नियमित चल्न दिनु नै उपर्युक्त हुन्छ।´
राष्ट्रिय सभाको आजको बैठकले एमालेको अबरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतमार्फत पारित गरेको थियो।
Discussion about this post