काठमाडौं । ख्रीष्टियान मिडिया सोसाईटी नेपाल नामक मुनाफा वितरण नगर्ने कम्पनी काठमाडौंको कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिकरुपमा दर्ता भएको छ ।
ख्रीष्टियन मिडिया सोसाइटीले देशभरका ख्रीष्टियान संचारगृहहरू तथा संचारकर्मीहरूलाई समेट्न, एकतामा रहेर साझा आवश्यकताहरूको सवालमा मिलेर काम गर्न, ख्रीष्टियन समुदायको आवाज उठान गर्न, ख्रीष्टियन मिडियालाई सशक्त बनाउन र देशभरि कार्यरत ख्रीष्टियन सञ्चारकर्मीहरूलाई संगठित गर्ने उदेश्य अनुरुप यहि भदौ १३ गते मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा दर्ता भएको सोसाईटीका अध्यक्ष सुमित नेपालीले जानकारी दिनु भयो ।
सोसाइटीले नेपाली इसाई समुदायको बीचमा काम गर्नको लागि विधिवत रुपमा दर्ता हुँदा आगामी दिनमा कानुनी रुपमा निकै सहज हुने सोसाइटीका अध्यक्ष नेपालीले बताए ।
मिडिया सोसाइटीले आर्थिक वर्ष ०७८/७९ को कार्ययोजनामा ७ वटै प्रदेशमा रहेका इसाई मिडियाकर्मीहरूको भेला गर्दै मिडियाकर्मीहरूको साझा समस्या पहिचान गर्दै क्षमता विकासको लागि सबैसँग सहकार्य गर्ने जनाएको छ ।
उपत्यकामा कार्यरत ख्रीष्टियान संचारकर्मीहरूको साझा भेटघाट र संगतिको अभिप्रायले संगठित भएका ख्रीष्टियन सञ्चारकर्मीहरूद्वारा वि.सं. २०७३ सालमा स्थापित मिडिया सोसाइटीले गत असार २७ गते सम्पन्न भेलाले पत्रकार सुमित नेपालीको अध्यक्षतामा सात सदस्यीय समिती चयन गरेको थियो ।
Discussion about this post