काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ६५६ जनामा परीक्षण गर्दा ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पीसीआर विधीबाट १० हजार ९ सय ७ जनाको परीक्षण गर्दा २ हजार ६ सय १६ र एन्टीजेन बिधीबाट ५७४९ जनाको परीक्षण गर्दा ८ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ। त्यस्तै एक हजार ८८५ जना कोरोनामुक्त भएका छन्।
उपत्यकामा थपिए ९६४ संक्रमित
गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ९६४ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ६६३ जना रहेका छन्। यसैगरी ललितपुरमा १९२ र भक्तपुरमा १०९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
Discussion about this post