• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, February 8, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

देशभर ६१९ बाढीपहिरोका घटनाः ५६ जिल्लामा ६६ जनाको मृत्यु, ४० जना बेपत्ता

by NC News Desk
August 3, 2021
in News & Events

काठमाडौं । मनसुन शुरु भएयता हालसम्म देशभर ६१९ बाढीपहिरोका घटना भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाँणले मनसुन शुरु भएयता भएका घटनाबारे जानकारी दिँदै गत जेठ ३१ देखि साउन १९ गतेसम्म देशका विभिन्न जिल्लामा ६१९ प्राकृतिक विपत्तिका घटना भएका बताए ।

ती घटनाबाट सिन्धुपाल्चोक, डोटीलगायत ५६ जिल्लामा ६६ जनाको मृत्यु, ४० जना बेपत्ता र २१ जना घाइते भएका छन् । देशभर हालसम्म ६९० निजी घर पूर्णरूपमा क्षति र १६२ घरमा आंशिक क्षति भएको छ । विभिन्न ३७ वटा सरकारी कार्यालय क्षति भएका छन् ।

सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा सातवटा मोटरेबल पुल र २७ वटा झोलुङ्गे पुल तथा ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको मन्त्री खाँणले जानकारी दिए । देशभारका २५ वटा निर्माणाधीन जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ ।

सिन्धुपाल्चोक जिल्लालाई सबैभन्दा बढी प्रभावित पारेको जानकारी दिँदै मन्त्री खाँणले असार १ गते राति मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा मेलम्ची, इन्द्रावती र याङ्ग्री तथा लार्के नदीमा आएको बाढीमा परी पाँच जनाको मृत्यु, २० जना बेपत्ता र छ घाइते भएका थिए ।

त्यसैगरी ३३८ घर पूर्णरूपमा क्षति भएको छ भने सातवटा पुल, १४ झोलुङ्गे पुल, एक माछा फार्म र ३२ वटा सरकारी भवन तथा मेलम्ची खानेपानी आयोजनाको हेडबक्र्ससमेत क्षति पुगेको गृहमन्त्री खाँणले जानकारी दिए । उनले घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाको समेत समन्वयमा जिल्लास्थित सुरक्षा निकायबाट खोज तथा उद्धारको काम गरिएको जानकारी दिए ।

विसं २०७८ असार २ गते बिहान ७ बजे गृहमन्त्रीको उपस्थितिमा नेपाली सेनाका रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवं गृह मन्त्रालयका सम्बन्धित पदाधिकारी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखसहितको आकस्मिक बैठक बसी खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउनुका साथै बाढीबाट विस्थापित परिवारका लागि राहत तथा सहायता सामग्रीसहित पठाइएको थियो ।

गृहमन्त्रीको संयोजनमा सबै सुरक्षा निकाय तथा सरोकारवाला विभिन्न मन्त्रालयको बीचमा बैठक बसी क्षति र नोक्सानीको आँकलन गरी पुनःनिर्माण र पुनःस्थापनाको कार्ययोजना बनाई तत्काल कार्य शुरु गर्न निर्देशन भएबमोजिम तथ्याङ्क सङ्कलन गर्ने र सम्भावित जोखिम आँकलन गर्ने काम शुरु गरिएको छ ।

बाढी आउनुको मुख्य कारण पत्ता लगाउनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, जल तथा मौसम विभाग, जलस्रोत तथा सिँचाइ विभाग, त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् विज्ञ र इञ्जिनीयरिङ अध्ययन संस्थान पुल्चोकका विज्ञलगायतका टोली अवलोकनका लागि गएको थियो ।

बाढीबाट त्यस क्षेत्रमा भएको जनधनको क्षतिका कारण प्रभावित जनजीवन विस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास हुँदाहुँदै २०७८ साउन १६ र १७ गते राति मेलम्ची खोलामा लेदो, गेग्र्यानसहितको बाढीले ५३ घर, हेलम्बु गाँउपालिका जोड्ने एउटा पक्की पुल, अर्को झोलुङ्गे पुल, एक सामुदायिक भवनमा क्षति हुन गएको गृहमन्त्रीले जानकारी दिए ।

उहाँले हेलम्बु जाने बाटो पूर्णरूपमा अवरुद्ध भएकाले उक्त स्थानमा जान वैकल्पिक बाटोका रूपमा काठमाडौँ–सुन्दरीजल सडक, पार्टी भञ्ज्याङ–चित्रे सडक साथै कुटुमसाङ्गा हुँदै मेलम्ची खानेपानीको मुहानसम्म पुग्ने सडक सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।

विज्ञ टोलीले मेलम्चीको मुहानको जोखिम अध्ययन गर्नुका साथै सुन्दरीजल, पाटीभञ्ज्याङ हुँदै हेलम्बु पुग्ने वैकल्पिक बाटो सञ्चालन गराउने तथा हेलम्बुको चनौटे र क्युउल जोड्ने बेलिब्रिज भौतिक योजना मन्त्रालयले निर्माण गर्ने निर्णय भएको पनि मन्त्री खाँणले बताए । मेलम्ची बाँधस्थलमा भएको क्षति र सम्भावित जोखिमको आँकलन खानेपानी तथा सरसफाइ मन्त्रालयले प्राधिकरणसँगको संयुक्त टोली बनाई गर्नेसमेत निर्देशन भएको उनले जानकारी दिए ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In