सरकारले विभिन्न प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङलाई सिफारिस गर्ने तयारी छ ।
त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने तयारी रहेका छन् । बालुवाटारमा जारी बैठकले दुबै प्रदेश प्रमुखको नाम सिफारिस गर्ने बताइएको छ।
प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
Discussion about this post