काठमाडौं । नेपालमा थप एक हजार ८०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख १६ हजार ४९ पुगेको छ।
थप छ हजार ६२८ को पीसीआर परीक्षण तथा तीन हजारको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट एक हजार २२३ तथा एन्टिजेनबाट ५७८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
हालसम्म छ लाख ३२ हजार ७४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६७ सङ्क्रमित निको भएर घर फर्किएका छन्।
काठमाडौँ उपत्यकामा ३३४ सङ्क्रमित थपिए
काठमाडौँ उपत्यकामा पछिल्लो समय ३३४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा २३४, ललितपुरमा ६४ तथा भक्तपुरमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कोरोनाबाट थप २३ सङ्क्रमितको मृत्यु
पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ५५० पुगेको मन्त्रालयले जनाएको छ।
Discussion about this post