काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएकी छन् । सरकारको सिफारिसमा साउन ३ गते दिउँसो ४ बजेका लागि बोलाएकी हुन्।
बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेको थियो । गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन पनि आदेश दिएको थियो ।
Discussion about this post